Fast Nepal News

बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्दै बाल केन्द्रले मनायो अभिभावक दिवस

banner single news

न्युज नेपाल उचडी संवाददाता

२४ चैत,काठमाडौँ-बाल केन्द्रले यहीँ चैत १७ गते शुक्रवार वालवालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्तुत गर्दैँ अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ।विद्यालयको बालबालिकाको अन्तरनिहित प्रतिभालाई उजागर गर्न वाल केन्द्रले आयोजना गरेको कार्यक्रममा वाल केन्द्रका  संस्थापक तथा कोषाध्यक्ष किरणदत्त तिवारीको आतिथ्यमा कार्यक्रमको शुभारम्भ भएको थियो।

Inside Article Ads

कार्यक्रमको शोभा बढाउन लोकदोहोरी तथा आधृनिक गायिका सुस्मा लामा र पत्रकार तथा बाल केन्द्रका पूर्व विद्यार्थी प्रकाश कपाली कार्यक्रममा अतिथिको रुपमा आसन ग्रहण गर्नुभएको थियो। कार्यक्रममा कक्षा ए (नर्सरी)का विद्यार्थीहरुले निलो आकाशमा घाम लागेको बाल गीतमा नृत्य प्रर्दशन गरेका थिए।क्रमश कक्षा बी (एलकेजी)का विद्यार्थीहरुले म्याउ म्याउ बिरालो बालगीतमा नृत्य प्रर्दशन गरेका थिए।

कार्यक्रममा उपस्थित रहेका लोकदोहोरी तथा आधृनिक गायिका सुस्मा लामाले सांगितिक प्रस्तुति दिनुभएको थियो।यसैगरी कार्यक्रममा कक्षा सी (युकेजी)का माया लाग्छ आमाको बाबा गीतमा नृत्य प्रर्दशन गरेका थिए।यसैगरी कक्षा ए (नर्सरी),कक्षा बी (एलकेजी), कक्षा सी (युकेजी)का विद्यार्थीहरुले सांस्कृतिक तथा अंग्रेजी बालगीतमा आधारित नृत्यसँगै बाल नाटक समेत प्रदर्शन गरे। यससँगै बाल केन्द्रले बालबालिकाको मनोबल बढाउन सरसफाईमा राम्रो,अनुशासित,पढाई सँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरणदत्त तिवारीले पुरस्कार वितरण गर्दै बालबालिकालाई पढाईका साथसाथै अतिरिक्त क्रियाकलापमा सहभागी हुन अभिभावकले पोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्दै कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्नुभयो।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.