Fast Nepal News

पद्मकन्या विद्यालयको ७७ औं ‌‌वार्षिक ‌उत्सव कार्यक्रम सम्पन्न

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता

banner single news

जानुका खड्का / सम्झना कार्की
काठमाण्डाै माघ २१,

माननीय उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री श्री प्रकाश सिंह ज्युको प्रमुख अातित्थमा पद्मकन्या विद्यालयको ७७ औं ‌‌वार्षिक ‌उत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

Inside Article Ads


वि. सं २००४ सालमा स्थापना भएको यस पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको स्थापना भएको ७७ औं ‌‌वार्षिक ‌उत्सवको अवसरमा आयोजित गरिएको यस कार्यक्रममा माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंहकाे गरिमामय उपस्थित थियाे। उहाँका अनुसार , महिलाहरुको लागि पनि शिक्षा जरुरी हुन्छ भनी वि.सं २००४ सालमा अाफ्नी अामा मङ्गला देविकाे विशेष पहलमा यस विद्यालयको स्थापना भएको बताउनु भयाे । त्यस समयमा राजाहरूको छोराहरूले मात्र पढ्न पाउने अवस्था थियो र आम महिलाहरुले शिक्षा आर्जन गर्न नपाएको समयमा उहाँकाे पहलले पद्मकन्या वन्न सफल रहेकाे वताउनु भयो।साथै यस विद्यालयको चौतर्फी विकासको लागि आफ्नो विशेष भूमिका रहेको उहाले बताउनुभयो। यसै कार्यक्रममा विशेष अतिथिका रुपमा पाल्नुभएका बागमती प्रदेशका सांसद श्री दिपेन्द्र श्रेष्ठका अनुसार “मन्टेश्वरी भवन निर्माणका लागि पचास लाखका साथै आइ. सि.टी ल्याब का लागि बजेट विनियोजन गरेको बताउनु भयो ।”मुलुकमा लोकतन्त्र प्राप्त भए पछिको अवस्थामा सिस्टम परिवर्तन भयो तर संस्कार परिवर्तन नभएको उहाले बताउनुभयो। यसै कार्यक्रममा उपस्थित हुनुभएका पद्मकन्या अल्मुनाईका अध्यक्ष शारदा भट्ट भन्नुहुन्छ,म यही विद्यालयबाट एसएलसी उत्तीर्ण भई नेपाल राष्ट्र बैंकबाट रिटायर भई यसै विद्यालयका शिक्षकहरु बाट सल्लाह लिई पद्मकन्या विद्याश्रम अल्मुनाइ एसोसिएसन संस्था स्थापना गरी यस विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क पठनपाठनको लागि सहयोग गरेको बताउनुभयो। कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरुले यसै विद्यालयका विभिन्न विषयमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए।यम कार्यक्रममा उपस्थित भई विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरू: वडा नं २९ का वडा सदस्य रेनु श्रेष्ठ, यसै विद्यालयका पूर्व प्रधानध्यापक निलम शिवाकोटी लगायतका अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको थियो।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।

सिंहले काठमाडौं क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल हुनुका साथै २०६४ मा संविधानसभाको निर्वाचनमा काठमाडौं–१ बाट निर्वाचित भएदेखि नै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको भनाइ भनाइ व्यक्त गर्नु भयाे। प्र .अ रिता तिवारीले अाफ्नाे कार्यकालमा पद्मकन्या लाई अझ गुणस्तर र प्रभावकारि वनाई निर्माण सम्पन्न भईसकेकाे महिला हाेस्टललाई छिटोभन्दा छिटाे सन्चालनमा ल्याईने वताउदै अावस्यक पुर्वाधार पूरा गर्न उप प्रधान मन्त्री प्रकासमान सिहकाे पुन सहयाेग अासा रहेको र याे अासा छिटै पूरा हुने वताउनु भयाे ।

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको उल्लेख गरे । वडा नम्बर २९ का वडा अध्यक्ष कुस कुमार ढकालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Visited 297 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.