
काठमाडौ ।
पद्मोदय माध्यमिक विद्यालयप्रति निरन्तर आत्मीयता, समर्पण र उत्तरदायित्वको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै २०३१ सालका पूर्व विद्यार्थीहरूले विद्यालयलाई १२ थान कम्प्युट रहस्तान्तरण गरेका छन्। प्र .अ सर्मीला पाेखरेलल उपहारस्वरूप विद्यालयलाई कम्युटर हस्तान्तरण गर्नुभएकोमा विद्यालय परिवारकाे र अाफ्नाे तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ ।
पूर्व विद्यार्थी संयोजक श्री दिवाकर प्रधान ज्यूको संयोजकत्वमा उक्त ब्याचका २१ जना पूर्व विद्यार्थीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी विद्यालयको सूचना तथा प्रविधिमैत्री शिक्षालाई थप सुदृढ बनाउन आजको मितिमा यो महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको हो।
उहाका अनुसार ,व्यापार, चिकित्सा, समाजसेवा तथा विभिन्न पेसाका उच्च ओहोदामा रही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट योगदान पुर्याइरहनुभएका यस ब्याचका पूर्व विद्यार्थीहरूको यो सहयोग वर्तमान विद्यार्थीहरूका लागि प्रेरणाको अनुपम उदाहरण बनेको वताउनु भयाे।
यसअघि पनि पद्मोदय मा.वि.का पूर्व विद्यार्थीहरूले विद्यालयमा स्वास्थ्य शिविर, खेलकुद कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न शैक्षिक सामग्री उपलब्ध गराई विद्यालयको समग्र विकासमा निरन्तर सहयोग गर्दै आउनुभएको छ।
फाेटाे फिचर







यस पटक कम्प्युटर प्रदान गर्ने व्यक्तित्वहरूमा श्री अभयमणि आचार्य दीक्षित, श्री अनिल कोइराला, श्री विश्व विजय रत्न बज्राचार्य, श्री दीपक थापा, श्री दिनेश राम श्रेष्ठ, श्री दीपक शाक्य, श्री दिवाकर प्रधान, डा. प्रकाशराज रेग्मी, डा. राजेन्द्र बहादुर श्रेष्ठ, श्री ज्ञानेन्द्र रत्न स्थापित, श्री कैलाश विक्रम बिष्ट, श्री कनक स्थापित, श्री महेन्द्र खेतान, श्री नवराज लामिछाने, श्री प्रकाशकुमार अर्याल, श्री प्रमोद खेतान, श्री प्रमोदराज शर्मा, अवकाशप्राप्त जनरल श्री बिजेन्द्र गौतम, श्री सुमन वाग्ले, श्री योगेन्द्र बहादुर अमात्य तथा श्री योगेन्द्र जंग कार्की रहनुभएको छ।
विद्यालय परिवारले यहाँहरूको माया, अपनत्व र उदार सहयोगप्रति पुनः हार्दिक आभार व्यक्त गर्दै यहाँहरूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा सफलताको हार्दिक शुभकामना व्यक्त गरेकाे छ।
