Fast Nepal News

तमिलकी चर्चित टिभी नायिका भिजे चित्राद्दारा आत्महत्या

banner single news

काठमाडौं, मंसिर २४ – मनोरञ्जन क्षेत्रबाट अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आत्महत्या गरेकी छिन् । होटलको कोठामा उनको शव भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।

Inside Article Ads

एक रिपोर्टका अनुसार इवीपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, न नै ढोका ढक्ढकाउँदा उनले कुनै प्रतिक्रिया दिइन् । त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको शव झुण्डिएको अवस्थामा भेटियो । ’

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.