Fast Nepal News

नेपाल राष्ट्रिय आधारभुत विद्यालयको नवनिर्मित चारकोठे भवनको उद्घाटन सम्पन्न

banner single news


डायमण्ड जोशी।
३ भाद्र, सुर्खेत,

नेपाल राष्ट्रिय आधारभुत विद्यालयको नवनिर्मित चारकोठे भवनको उद्घाटन सम्पन्न भएको छ। २०७८ फाल्गुनको अन्तिमतिर निर्माण थालिएको भवन २०७९ असार मै सम्पन्न भई आज २०७९ भाद्र ३ गते समुद्घाटन भएको छ। चौकुनेकै पुरानो तथा केन्द्र कै पनि मोतिसेरामा रहेको विद्यालयको भवन आज भव्यताका साथ समुद्घाटन भएको हो।
फाेटाे फिचर


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर वि.कको अध्यक्षतामा सञ्चालन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न गन्यमान्य, बौद्धिक व्यक्तित्व, समाजसेवी, विद्यालय संस्थापकहरु, ज्यष्ठ व्यक्तित्वहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका नेताहरु ,विद्यार्थीहरुका अभिभावक तथा विद्यार्थीहरु उपस्थित थिए।

कार्यक्रममा विद्यालयका तर्फबाट विद्यालयका संस्थापक सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरुलाई स्वागत गरे। विद्यालयले गरेको कठोर यात्राबाट विद्यालयको पहिलो पक्की भवन निर्माण भएको उनले बताए। सदस्य उपाध्यायले विद्यालयमा चाहिने थप पुर्वाधारहरुमा पनि सरकारको थप ध्यान जान आग्रह समेत गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले विद्यालयलाई चाहिने आवश्यक पुर्वाधार यत्तिले मात्रै पर्याप्त नभइ पुन: थप गर्नुपर्ने आवश्यक रहेको र आफुले यसै वर्ष थप पहल कदमी चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे। विद्यालयमा प्राविधिक शिक्षाको समेत आवश्यकता रहेको उनको ठम्याई थियो। विद्यालयको भवन निर्माणका लागि विद्यालय व्यवस्थापन र विद्यालयका प्र.अ. पटकौँ मन्त्रालय धाएर भएपनि विद्यालयको भवन निर्माण गरेरै छोडेको देख्दा निकै खुशी लागेको तर विद्यालयको शैक्षिक क्षेत्रको हेरचाहक प्र.अ नै पटकौँ मन्त्रालय धाउनु पर्दा विद्यार्थीको शैक्षिक पठनपाठनमा निकै अवरोध सिर्जना हुनसक्ने कुरालाई मध्यनजर राख्दै यस्ता सानातिना पुर्वाधार विकासका लागि स्थानीय तहलाई विद्यालयको सहज वातावरण हस्तान्तरण गर्न निर्देशन दिए। राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छुट्टिएको बजेटमा आफ्नो मन्त्रालयद्वारा पनि आधा बजेट विद्यालय शैक्षिक तथा पुर्वाधार विकासका लागि प्रयास गर्ने भन्दै मन्त्री विष्टले आश्वस्त पारे।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले चौकुनेको शैक्षिक क्षेत्र उन्नयन गर्ने गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताए। गाउँपालिकामा पछिल्लो समय शैक्षिक क्षेत्र हेर्ने हो भने निकै लज्जास्पद रहेको र नमुना विद्यालयको अभ्यासमा रहेको जीवन ज्योती मावी गुटुको एसईई नतिजा नै निकै लाजमर्दो तथा गम्भिर भएको र आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर निकै वृद्धि बनाउन गाउँपालिका हरप्रहर लागीरहने कुरा आफ्नो प्रतिबद्धता नै भएको बताए। विद्यालयलाई चाहिने शैक्षिक गतिविधि तथा शैक्षिक सामग्रीका लागि गाउँपालिकाले कुनै कसर नराख्ने समेत उनले बताएका छन्।

Inside Article Ads

गाउँपालिकाका पुर्व अध्यक्ष तथा कार्यक्रमका अतिथि धिर बहादुर शाहीले आफ्नो कार्यकालमा शैक्षिक प्रणाली सुधार गर्न प्रयास गरेको र आफ्नो कार्यकालमा धेरै काम गरेको शैक्षिक क्षेत्र पनि केही हदसम्म सुधार गरेरै छोडेको दाबि गरे।

कार्यक्रममा मन्तव्य राख्दै वडा नम्बर ८ का वडाध्यक्ष कमल बहादुर जिसीले आफ्नो कार्यकालमा चौकुनेकै मुटुमा रहेको विद्यालयको पहिलो नवनिर्मित भवन मन्त्रीका हातबाट उद्घाटन गराउन पाउँदा निकै हर्षित भएको बताए। अध्यक्ष जिसीले आगामी दिनमा विद्यालयलाई चाहिने शैक्षिक सुधारमा वडाको पनि महत्वपूर्ण भुमिका रहने बताए।

मन्तव्य दिँदै विद्यालयका संस्थापक सदस्य तथा कार्यक्रमका अतिथी बौद्धिक व्यक्तित्व किर्तिराज जोशीले आफुहरुले नै स्थापना गरेको विद्यालयको उद्घाटन समारोहमा अतिथिको रुपमा उपस्थित हुन पाउँदा निकै गौरवान्वित भएको बताए। विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षाप्रेमी तथा अभिभावकहरुले सामुदायिक विद्यालय प्रती पनि गम्भीर चासो देखाउनुपर्नेमा जोड दिए। ठूलो संघर्षबाट स्थापित विद्यालयको यात्रा व्यक्त गर्दै जोशीले सरकारले सबै विद्यालय प्रती समान भाव देखाई आवश्यक पुर्वाधार तथा शैक्षिक सामग्रीको व्यवस्था गरे मात्र चौकुनेको शैक्षिक क्षेत्र उकासिने बताए।
विद्यालयलाई आवश्यक परे जुन सुकै सहयोग गर्न पनि आफू तत्पर रहेको कुरा समेत अतिथि जोशिले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा कार्यक्रमका अतिथि भुपेन्द्र प्रसाद जोशीले विद्यार्थीहरु पछिल्लो समय लागू औषध दुर्व्यसनी जस्ता कुलतमा फसेको देख्दा आफू निकै दुखी भएको बताए। विद्यार्थीहरुलाई यस्ता दुर्व्यसनी बाट टाढा रहन आग्रह गर्दै सल्लाहकार जोशीले अभिभावक, शिक्षक तथा गाउँपालिकाको आफ्ना विद्यार्थी तथा सन्तानहरु प्रति महत्वपूर्ण ध्यानाकर्षण हुनुपर्ने कुरा बताएका हुन्।

नेपाली काँग्रेस सुर्खेतका नेता नारायण कोईरालाले बिद्यालयको भवन समुद्धाटनमा उपस्थित हुन पाउँदा अत्यन्तै खुशी लागेको कुरा व्यक्त गरे। स्थानीय, प्रदेश र संघले शिक्षा लाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने र विद्यार्थीको हकहितका लागि कुनै कन्जुस्याइँ नगर्न आग्रह समेत गरे। विद्यालयलाई चाहिने कुराहरुमा सरकार पछि नपर्न र शैक्षिक गुणस्तरमा विद्यालयलाई पहिलो नम्बर बनाउन उनले विद्यालय तथा अभिभावकहरुलाई विनम्र आग्रह गरे। कार्यक्रमका अतिथिहरु तथा निवर्तमान स्रोतव्यक्ती भानुभक्त घिमिरे र शिक्षक महासंघ चौकुनेका अध्यक्ष दिनेश प्रसाद जोशीले विद्यालयको पुर्वाधार विकासमा एउटा नवनिर्मित भवन थपिएकोमा निकै हर्षित भएको भन्दै विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गरे। शिक्षक महासंघ चौकुनेका अध्यक्ष जोशीले आफै पढेको विद्यालय भवन समुद्घाटनमा उपस्थित हुन पाउँदा निकै खुशी लागेको कुरा व्यक्त गर्दै शैक्षिक सुधारका विषयहरुमा सरकार पछि नहट्न आग्रह गरे।

विद्यालयका प्र.अ तथा कार्यक्रमका उद्घोषक जगतराज जोशीले समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरुलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै, विद्यालयको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए। प्र.अ. जोशीले आफै अध्ययन गरेको विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न पाउनुमै निकै गौरवान्वित महशुस गरेको बताए। उद्घोषण गर्दै जोशीले विद्यालयलाई शैक्षिक, भौतिक तथा अन्य विविध विषयमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरुको नाम लिएरै सम्मान व्यक्त गरेका थिए। आफुलाई पढाउने तथा विद्यालयलाई यहाँसम्म ल्याईपुर्‍याउने गुरुहरुलाई सम्झँदै सम्मान व्यक्त गरेका हुन्।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.