Fast Nepal News
Banner Below header

फुटबल प्रतियोगितामा एकता र चन्द्रमा बिजयी

banner single news

सुमित्रा भुजेल

मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङमा सञ्चालिते १५ औँ शिलादेवी कपको उपाधि एकता र चन्द्रमा बिजयी भएको छ । पुरुषतर्फ मस्र्याङ्दी २ घनपोखरा एकता युवा क्लब र महिलातर्फ चन्द्रमा युवा क्लब थाकन विजेता बन्न सफल भएको हो ।
क्व्होलासोँथार ३ उत्तरकन्या युवा क्लब घलेगाउँलाई फाइनल खेलमा ० का विरुद्ध ४ गोलको फराकिलो गोलअन्तरले पछि पार्दै एकता युवा क्लब घनपोखराले उपाधि जितेको हो । घलेगाउँले केही गोल गर्ने सुनौलो अवसर प्राप्त गरेपनि गोल गर्नबाट चुकेपछि उपविजेतामा सिमित बन्न पुग्यो । दर्शकको समर्थन भने दुबै टिमलाई रहेको थियो ।
यस १५ औँ शिलादेवि कपको उपाधि सँगै एकता युवा क्लब नगद ६० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ । त्यस्तै, उपविजेता उत्तरकन्या युवा क्लव घलेगाउँले नगद ४० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्तरकन्या युवा क्लब घलेगाउँका संगम दर्जी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । त्यस्तै, खेलअवधिभर ९ गोल गर्दै मनास्लु युवा क्लब ढगैँका आयुष गुरुङ सर्वाधिक गोलकर्ता घोषित हुन सफल हुनुभएको छ । उत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान वितरण गरेको थियो । आयोजक शिलादेबि युवा क्लबका सदस्य लक्ष्मण गुरुङका अनुसार पुरुष तर्फको प्रतियोगीतामा विभिन्न स्थानबाट ३६ टिम सहभागी भएको थियो ।

Inside Article Ads

त्यस्तै, महिला तर्फ चन्द्रमा युवा क्लब थाकन र मनास्लु युवा क्लब ढँगैबीच भएको महिला तर्फको फाइनल खेलामा ० का विरुद्ध ७ गोलको ठुलो फराकिलो अन्तरले अघि हुँदै चन्द्रमा युवा क्लब थाकनले उपाधि जितेको आयोजकले जनाएको छ । लजास्पद हार ब्याहोरेको मनास्लु युवा क्लब ढँगैले उपविजेतामा सिमित बन्नपुग्यो । महिला तर्फको उपाधि सँगै चन्द्रमा युवा क्लब थाकले नगद १२ हजार रुपैयाँ कप, मेडल र प्रमाण पत्र तथा उपविजेता मनास्लु युवा क्लब ढँगैले नगद ७ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ महिला तर्फ मनास्लु युवा क्लव ढँगैका गुनीमायाँ गुरुङ उत्कृष्ट खेलाडी र चन्द्रमा युवा क्लबका बिम्निमा तामाङ सर्वाधिक गोलकर्ता घोषित हुनुभएको छ । प्रतियोगीतामा ७ टिमले सहभागिता जनाएको थियो ।
शिलादेवि युवा क्लबको १५ औँ वार्षिकउत्सवको अवसरमा गत ७ गतेबाट सञ्चालन भएको यस प्रतियोगिताका विजयीहरुलाई आइतबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । विजयी खेलाडीहरुलाई यस गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पुरस्कार वितरण गाउँगाउँमा आयोजना हुने यस्ता प्रकारको प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर खेल मैदान निर्माण, खेल सामाग्री हस्तान्तरण लगायतका कार्यहरु गर्दै आएको उहाँले बताउनुभयो । पुरस्कार वितरण कार्यक्रमा वडा नं ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, कार्यपालिका सदस्य पारकाशी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.