Fast Nepal News

तीनदिन पछि आगो नियन्त्रणमा

banner single news

सुमित्रा भुजेल
फागुन ११,बेसीशहर ।
यहाँको एक जंगलमा लागलागी भएको तीनदिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगगाली भएको लमजुङको बेँसीशहर नगरपालिका वडा नं. ६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक बनको जंगलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो ।


शनिबारबाट शुरु भएको आगलागीले यस नगरको वडा नं. ६ यस जंगलमा ठुलो आगलागी भएको थियो । जंगलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लगायतले आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । यहाँको नगरपालिकाको दम्कल, सुरक्षा निकायले अन्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।
यहाँको जंगलमा बाँसस्थान बनाउँदै आएको पशुपन्छी तथा चराचुरुङ्गी, विभिन्न जनावर तथा जमिनमा घिस्र्रिएर हिड्ने लगायतको बाँस स्थान सखाप भएको छ । जंगलमा कस्ले लगाएको आगो भनेर पत्ता लागि नसकेपनि यस नगरको वडा नं. ६ का वडाध्यक्ष बोजबहादुर रिमालले भन्नुभयो, यस वडामा रहेको मकैडाँडाको भ्यू टावरमा आएका पर्यटकहरुले आगो लगाएको हुन सक्छ । यही टावरमा जाने बाटो गढीमाईबाट आगलागी फैलिएको हुन सक्ने उहाँको भनाई छ । यस जंगलमा गत वर्ष समेत आगगाली भएको थियो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.