Fast Nepal News

सुन्दरवजार नगरपालिका वडा नं ५ खहरे विद्यालयज्योति माध्यमिक विद्यालयमा ३ सय ९० घण्टी पहिलो तहको ओल्डीङ ईलेक्ट्रोनिक तालिम र बेसीक कम्प्युटर हार्डवेयर तालिम सुरु

banner single news

सुमित्रा भुजेल
माघ ६,बेसीशहर |सुन्दरवजार नगरपालिका वडा नं ५ खहरे स्थित विद्याज्योति माध्यमिक विद्यालयमा ३ सय ९० घण्टी पहिलो तहको ओल्डीङ ईलेक्ट्रोनिक तालिम र बेसीक कम्प्युटर हार्डवेयर तालिम सुरु भएको छ । प्रविधिक शिक्षा व्यवसायीक तालिम परिषदको गडकी प्रदेश कार्यलयको आर्थिक सहयोगमा तालिम सुरु गरिएको हो ।

विद्याज्योति माविका शिक्षक हस्तबहादुर गुरुङका अनुसार ग्रामिण तालिम केन्द्र खुदीका लेखा प्रमुख अचित रेग्मीले तालिमको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै रेग्मीले यस तालिमले युवालाई रोजगार बनाउन सहयोग गर्ने बताउनुभयो । सिटिईभिटिले यस्ता युवा लक्षित कार्यक्रमहरु धेरै गरी बेरोजगारलाई सिप सिकाई रोजगार र स्वरोजगार बनाएको बताउनुभयो । यस तालिम लिई तालिमको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
तालिममा स्थानीय बेरोजगार २० जना युवाको कम्प्युटर हार्डवेयर र २० जनाको ओल्डीङ ईलेक्ट्रोनिक तालिममा सहभागिता रहेको थियो । तालिम ६५ दिन सञ्चालन हुनेछ । तालिममा ईलेक्ट्रनिक प्रशिक्षक सुन्दरवजार ६ को शंकार ढकालले र कम्प्युटर हार्डबेयर तालिम विद्याज्योति माविका शिक्षक हस्त बहादुर गुरुङले प्रशिक्षण दिनुहुनेछ ।

Inside Article Ads

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर केसी, ईलाका प्रहरी कार्यलय सुन्दरवजार प्रमुख रामकृष्ण अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । विद्याज्योति माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वडा नं ५ का वडाअध्यक्ष ललित गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायाक प्रधानाध्यापक खुसीराम खनिया, स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्तम सञ्चालन विद्यालयका शिक्षक विनोद खनियाले गर्नुभएको हो ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.