Fast Nepal News

बेसीशहर नगरपालिकामा पुश सेवा अनुदानको लागि १ सय ५१ जनाको आवदेन

banner single news

सुमित्रा भुजेल

माघ ३०,बेसीशहर । बेसीशहर नगरपालिका पशु शाखाले आर्थिक बर्ष २०७७-७८को बार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि विभिन्न शिर्षकमा खुलाएको अनुदानका लागि १ सय ५१ ज्नाले आवेदन दिएका छन् । बेसीशहर नगरपालिका पशु शाखाको कार्यक्रममा जम्मा १ सय १२ जनाको कोटा अर्थात सो संख्याले अनुदान पाउने भएपनि यतिका जनाले आवेदन दिएका हुन् ।

नगरपालिका पशु शाखा प्रमुख हरि बहादुर धितालका अनुसार नगरपालिका भित्रका व्यवसायीक रुपमा पशुपालन गर्दै आएका कृषक तथा कृषक समूहले अनुदान पाउने छन् । ११ वटा कार्यक्रम अन्तर्गत उन्नत नश्लाको बोका वितरणमा पशु शाखाले ११ जनालको लागि अनुदान खुलाएकोमा २२ जनाले आवदेन दिएका थिए ।यसैगरी प्रजननको लागि मुर्रा राँगो वितरणमा पशु शाखाले ३ वटालाई अनुदान खुलाएकोमा १० जनाले आवदेन दिएका छन् । ५० प्रतिशत अनुदानमा गाई,भैसी फार्म स्थापना तथा नस्ल सुधार ३ देखि ५ वटा माउ भएका कृषकका लागि २० वटा संख्याकोमा ४० वटा आवेदन परेका छन् ।

Inside Article Ads

प्रमुख धितालका अनुसार कोभिड १९ कोरोना महामारीबाट बैदेशिक रोजगारबाट फिर्ता भएका वा विदेश जान नपाएका युवा युवा लक्षित कार्यक्रम भेडा, बाख्रा गोठ निर्माणमा ६ संख्यामा दिने भएकामा ७ जनाले आवदेन दिएका छन् । यसैगरी ५० प्रतिशत अनुदानमा निजि व्यवसायीक भेडा बाख्रा फर्म स्थापनामा शाखाले ५ संख्यामा अनुदान दिने भनिएकामा २६ जनाले आवदेन दिएका छन् । ७० प्रतिशत अनुदानमा फार्म यन्त्रीकरण ईलेक्टिक मदनी तर्फ २५ जनाको लागि अनुदान दिने भनिएकामा २५ जनाकै आवदेन परेका छ ।

च्यापकटर ८ जनालाई दिने भनिएकामा १४ वटा आवेदन परेको, माछा पोखरी निर्माण तथा सुधार ५ जनाको लागि खुलाईएकोमा ५ वटा आवदेन परेको, माछा पोखरीलाई जल वितरणमा ५ वटामा १ वटा आवेदन परेको, छ । यसै७० प्रतिशत अनुदान सोलार बत्ती वितरणमा १० वटाका लागि आवदेन खोलिएकोमा १० वटा कै आवेदन परेका छन् । ७० प्रतिशत अनुदानमा त्रिपाल वितरणमा १० वटा आवेदन खुलाईएकोमा १० वटैले आवेदन दिएका छन । मासु पसल सुधार कार्यक्रममा ४ वटा संख्यामा आवेदन खुुुलाईएकोमा ४ जनाले आवदेन दिएका छन् । उहाँका अनुसार आवदेन दिने समय सकिएको छ । आवेदन असोज ६ गतेबाट कात्र्तिक ५ गतेसम्म खुलाईएको थियो । आवेदन परेकाको छनौटको लागि वडामा अनुगमन भईरहेको छ ।अनुगमन पश्चात बैठक बसी छनोट गरिने पशुशाखाले जनाएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.