Fast Nepal News
Banner Below header

कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या

banner single news

सुमित्रा भुजेल

माघ २४,बेसीशहर । कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्र्पक व्यक्ति यम बरालले बताए । उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्यवसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।

Inside Article Ads

स्वंमसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए । उनीहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको थियो ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.