पोखरा, गण्डकी प्रदेश – गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री माननीय डा. टकराज गुरुङ र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीबीच आज विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाटमा गण्डकी प्रदेशमा लगानी बोर्ड गठन र सम्भावित लगानी सम्मेलनको आयोजना सम्बन्धी विषयमा गहन छलफल भएको छ।
छलफलका क्रममा मन्त्री डा. गुरुङले गण्डकी प्रदेशको आर्थिक विकासका लागि भौतिक पूर्वाधार, पर्यटन, कृषि, र साना उद्योगहरूमा लगानी वृद्धि गर्न प्रदेश सरकारले प्राथमिकता दिएको जानकारी गराउनु भयो। लगानी बोर्ड नेपालका सिइओ सुशील ज्ञवालीले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आकर्षित गर्नको लागि आवश्यक योजनाहरू प्रस्तुत गरे।