Fast Nepal News

लमजुङ क्षेत्र नंम्बर (क)बाट लमजुङ कांग्रेस जिल्ला सभापति डा.टकराज गुरुङको उमेदवारी

banner single news

प्रकाश कपाली, लमजुङ ।

मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुन लागिरहेको छ। निर्वाचनको माहोल चहलपहल बढिरहेको छ। प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा आ-आफ्नो क्षेत्रबाट धेरै व्यक्तिहरुले उम्मेदवारी दिनुभएको छ।

यसैगरी नेपाली कांगेसका लमजुङ जिल्ला सभापति डां
टंकराज गुरुङले क्षेत्र नंम्बर क बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ। लमजुङ जिल्ला क्षेत्र नम्बर क बाट उम्मेदवारी दिनुभएका उहाँले उम्मेदवारी मनोनयन लगत्तै जनताको सामु आफू निर्वाचनमा भाग लिनुको औचित्य दर्शाउँदै जनतामाझ लोकतान्त्रिक गठबन्धनलाई भोट दिएर जिताउन सबैलाई आग्रह गर्नुभएको छ।

जनताको माझ आफ्नो महत्वपूर्ण प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले यस मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई जिताएर देश र जनताको सेवा गर्ने मौका प्रदान गर्नुहुन आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आग्रह गर्नुभएको छ।

Inside Article Ads

आफूलाई जनताले बहुमूल्य मत दिएर विजय गराउने भए आफूले बेरोजगारी र भष्टाचार अन्त्य गर्नको लागि परिवर्तन र विकासको लागि आफूलाई लमजुङ जिल्ला क्षेत्र नंम्बर क को प्रदेश सभामा अमूल्य मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभएको छ।

परिवर्तन र विकासको लागि लोकतान्त्रिक गठबन्धनले उम्मेदवारी दिएको हुनाले लोकतान्त्रिक गठबन्धनलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा भोट दिएर निर्वाचित गराउनुहुन उहाँले अनुरोध गर्नुभयो।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.