Fast Nepal News

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा तीन जनाको मृत्यु

banner single news

पोखरा, कात्तिक ९ गते । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । मृतक मध्ये दुई जना पुरुष र एक जना महिला रहेका छन् ।

दिर्घरोगी समेत रहेका मृतक सबै पोखरा महानगरका रहेको बताइएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पोखरा मृतकहरु महानगरपालिका १५ की ५२ बर्षीय महिला, वडा नम्बर २२ का ६८ बर्षीय पुरुष र वडा नम्बर ३१ का ५८ बर्षीय पुरुष रहेका छन् ।

Inside Article Ads

उनीहरु सबैको शनिबार राती मृत्यु भएको हो । हालसम्म गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.