Fast Nepal News

। राइनास नगरपालिकाको आयोजनामा १५ अौ गणतन्त्र दिवस मनाईयाे

banner single news

लमजुङ । राइनास नगरपालिकाको आयोजनामा १५ अौ गणतन्त्र दिवस तथा राष्ट्रिय महिला अधिकार दिवस सर्बोदय सेवाश्रममा मनाइयो ।

Inside Article Ads

नगर प्रमुख खड्गबहादुर गुरुङको अध्यक्षतामा र राइनास नगरपालिकाका प्रमुख सल्लाहाकार बरिष्ठ समाजसेवी प्रा.डा . जगदिश बैध ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पानसमा बत्ति बालि १५ वटा मैन बत्ती बालेर झण्डोत्तोलन गरि कार्यक्रमको सम्द्धाटन गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि प्रो.डा जगदिश बैध , नगर प्रमुख खड्ग बहादुर गुरुङ , उपप्रमुख पुष्पराज खनाल , प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयंल , एमाले नगर अध्यक्ष पुर्ण बहादुर गुरुङ , नेपाली कांग्रेस नगर सभापति श्रीकृष्ण पौडेल , नेकपा माओबादि प्रतिनिधि नन्दबहादुर कुमाल , नेकपा समाजबादिका क्या.खडग बहादुर गुरुङ, महिला नेता राजकुमारी गुरुङ , प्र अ नानुमाया पराजुली , महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख सीता गैह्रे ले समसामयिक बिषयमा मन्तब्य राख्नु भएको थियो भने कवि लक्ष्मीप्रसाद मिश्रले कविता वाचन गर्नु भएको थियो । सो अबसरमा नव निर्वाचित जनप्रतिनिधि ज्युहरुलाई सर्बोदय सेवाश्रमका तर्फबाट स्वागत बधाई तथा शुभकामना सम्मान गरिएको थियो । उक्त अबसरमा जे भि फाउन्डेसनका तर्फबाट बरिष्ठ राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश बैध ज्युले धर्मनाथ धाममा बेवारिसे लास तथा असहाय विपन्न परिवारको लास जलाउन सहयोग पुर्याउन अक्षयकोषका लागि रु एक लाखको चेक हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रममा नगर पालिका स्वास्थ्य शाखाका तर्फबाट आश्रमका जेष्ठनागरिकहरुको स्वास्थ्य परिक्षण ,रक्त परिक्षण गरि अौषधि वितरण गर्नुका साथै फलफुल पनि वितरण गरिएको थियो ।कार्यक्रमको संचालन कृष्णराज ओलियाले गर्नु भएको थियो ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.