Fast Nepal News

स्थानीय चुनावमा तालमेल गर्ने लमजुङका चार दलीय गठबन्धनको निर्णय

banner single news

प्रकास कपाली । लमजुङ । चैत २२ स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावको प्रचार प्रसार र राजनैतिक प्रभाव विभिन्न स्थानीय तहहरुमा परेको छ। यसैगरी विभिन्न राजनैतिक दलहरू आफ्नो पार्टीलाई बहुमतका साथ जिताउन लागिपरेका छन्। स्थानीय तहको निर्वाचनमा प्रमुख पतिपक्ष दल नेकपा एमाले सँग चार
दलीय गठबन्धनको बिचमा चुनावी प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। यसैगरी लमजुङ जिल्लाका ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा सहकार्य गरी स्थानीय निर्वाचनमा उम्मेदवारी दिँदै सहभागी हुने भएको छ। चार दलीय गठबन्धनको बैठकका बिच कार्यक्रमका सभापति डा. टकराज गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको बैठकले स्थानीय तहको निर्वाचनमा चार दलीय गठबन्धनले निर्वाचनमा सहकार्य गर्ने विषयमा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। डा.टकराज गुरुङ अध्यक्षतामा प्रारम्भ भएको यस बैठकमा नेपाली कांग्रेस जिल्ला समिती, नेकपा माओवादी जिल्ला समन्वय समिति, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी, जनता समाजवादी पार्टी जिल्ला समितिको पदाधिकारीहरूको बिच भएको संयुक्त बैठकले स्थानीय तहको निर्वाचन पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने थप निर्णय गरी प्रेस विज्ञप्ति जारी गरेको हो।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.