
लमजुङ । चैत
नेपाल रेडक्रस सोसाइटी तार्कुघाट उपशाखाको छैटौं अधिवेशन सम्पन्न भएकाे छ । चुडामणि थापाको सभापतित्वमा ११ सदस्यीय कार्य समिति सर्बसम्मत चयन गरि सम्पन्न भएको हाे । कृष्णराज ओलियाको संयोजकत्वमा नुरमोहमद मिया , दुर्गाभक्त धमला समेत ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन सहजीकरण गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी लमजुङ का सदस्य फडिन्द्रराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा कृष्णराज ओलिया ,नुरमोहमद मिया , दिनेशचन्द्र घिमिरे , दुर्गाभक्त धमला , दुर्गाबहादुर रानाभाट ,कृष्णबहादुर राना भाट, लक्ष्मि अधिकारी ले शुभकामना ब्यक्त गर्नु भएको थियो । चुडामणि थापाले आर्थिक प्रतिवेदन , अध्यक्ष बिष्णुमाया धितालले बार्षिक प्रतिवेन प्रस्तुत गर्नु भएको कार्यक्रममा रामकृष्ण कंडेलले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।निर्वाचित पदाधिकारीहरुमा उपसभापति इन्दिरा अधिकारी , सचिव चिजकुमार श्रेष्ठ , सहसचिव विनोद धमला , कोषाध्यक्ष अप्सरा लुइटेल अधिकारी , उपकोषाध्यक्ष राधिका थापा , सदस्यहरुमा रामकृष्ण कंडेल , प्रेमकुमार श्रेष्ठ , सहनसिला रानाभाट ,प्रकाश श्रेष्ठ ,ममता पौडेल धिताल हुनुहुन्छ ।
