Fast Nepal News

तनहुँको केन्द्र दमौलीमा आगलागी

दमकल छिर्नै समस्या भएपछि, सिम्रिक एयरको हेलिकप्टर मगाइयो

banner single news

२२ फागुन, काठमाडौं । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी हुँदा तनहुँको दमौलीका बजारवासी त्रसित भएका छन्।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।
स्थानीएका अनुसार आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले दमकल छिर्नै समस्या छ ।

Inside Article Ads

दमकल छिर्ने ठाउँमा टहरो भएकाले भत्काएर दमकल पुर्याउन लागिएको छ । पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्काे पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख रमेश थापाले जानकारी दिए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.