Fast Nepal News
Banner Below header

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा पौडेल पक्षकाकाे नाराबाजी

banner single news

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

Inside Article Ads

कार्यक्रममा पौडेल पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी र विरोध प्रदर्शन गरेका एक सहभागीले वताए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु गोपालमान श्रेष्ठलगायतका देउवा पक्षका नेताहरु सहभागी छन् ।पौडेल पक्षका कार्यकर्ताले प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी शुल्कमाथि पनि प्रश्न उठाएका छन् । सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएकामा पनि पौडेल पक्षका नेता कार्यकर्ताले विरोध जनाएका छन् ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.