Fast Nepal News

लमजुङ कांग्रेसमा विवाद, मतपत्र जल्याे नगर अधिवेशन स्थगित

करिब ५० जनाले मत खसालिसकेपछि यो विषयमा विवाद सुरु भएको थियो । विवादकै बीच १ सय ३४ जनाले मतदान गरिसकेका थिए , पाैडेल मर्कामा ।

banner single news

१० भदौ, लमजुङ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनासकाे निर्वाचन नै स्थगित भएको छ ।नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाउनका साथै स्थगित नै हुन पुगेकाेछ ।

राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा थिए । देउवा समूहबाट नुरराज कडरिया र पौडेल समूहबाट श्रीकृष्ण पौडेल नेतृत्वको प्यानल राइनास समितिको प्रतिस्पर्धामा उत्रिएको थियो ।दुई समूहबीचको टकराब र मतदान हुने केन्द्र विवादसमेत रहेको राइनासमा करिब ६१ प्रतिशत मतदान भइसकेपछि निर्वाचन नै स्थगित हुन पुगेको हो । सभापतिको उम्मेदवार नुरराजको नाम मतपत्रको क्रम संख्या १ मा थियो । अर्का सभापतिका उम्मेदवार श्रीकृष्ण नाम दोस्रो नम्बरमा थियो तर क्रम संख्या भने १ नै उल्लेख छ ।मतपत्रमा नुरराजलाई मत संकेत लगाउने कोठा बनाइएको छ भने श्रीकृष्णको मत संकेत गर्ने ठाउँमा एउटा अर्को नै छुटेको छ ।

श्रीकृष्ण समूहले जनाए अनुसार,मतपत्रको विषयमा िववाद चर्किएपछि मतदान रोकियो । सुनियोजित रुपमा आफूलाई हराउन मतपत्र गलत छापिएको आरोप लगाइएकाे छ। उम्मेदवार श्रीकृष्णका अनुसार,‘मेरो जीत निश्चित देखेपछि भएको षडयन्त्र हो । मतदान हुनुभन्दा पहिले नै मलाई मतपत्र देखाउनुपर्थ्यो, त्यो गरिएन । क्रम संख्या दुबैको १ राखियो । त्यतिमात्रै होइन मेरोमा मतदान गर्ने बक्स नै कोल्याप्स गरिएको थियो, ‘अल्फाबेटअनुसार पनि स्वभाविक हिसाबले मेरो नाम अगाडि आउनुपर्थ्यो तर पछाडि राखियो ।’

Inside Article Ads

सभापतिका उम्मेदवार नुरराजका अनुसार, मतदान प्रक्रियामा जानुभन्दा अगाडि नै विचार नपुर्याउने तर बीचमा पुगेर षडयन्त्रपूर्वक रोकिएको आरोप लगाए । ‘१ सय २३ मत खसिसकेको थियो । मतपत्रमा गल्ती भए सुरुमै भन्नुपर्थ्यो,’ उनले भने, ‘सहमतिमै निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । मेरो जीत सुनिश्चित थियो । अर्को उमेद्रवारकाे अवस्था कमजोर नै थियो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.