Fast Nepal News

राष्ट्रपति रनिङशिल्डको उपाधी शिशु विधाश्रम माविलाई

banner single news

५ चैत ,०७७।
राइनास नगरपालिका ६ धमिली कुवास्थित गौलिटार खेलमैदानमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ६ रजत र ४ कास्यढढ पदक जित्दै शिशु विद्याश्रम माविले राष्ट्रिपति रनिङशिल्डको उपाधी जितेकाे छ । नगरपालिकाले आयोजना गरेको नगरस्तरिय तेस्रो राष्ट्रपति रनिङशिल्डको उपाधि शिशु विद्याश्रम माध्यमिक विद्यालय तिनपिप्लेले हात पारेको हाे । ।

प्रतियोगितामा विरभक्ति मावि तार्कूघाटले दोस्रो स्थान हासिल गरेको छ । विरभक्तिले ८ स्वर्ण, १२ रजत र ९ कास्यपदक जितेको छ भने तृतिय स्थान हासिल गर्न सफल भैरव मावि मोहोरियाले ८ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ ।

नगरपालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा शौभाग्योदय मावि सातविसेले ४ स्वर्ण, ४ रजत र ११ कास्य पदक जितेको छ भने शारदा मावि गरमवेशीले २ स्वर्ण, ४ रजत र २ कास्य पदक हात पारेको छ ।

यसैगरी शैलपुत्री मावि धमिलिकुवाले एक स्वर्ण ४ रजत र ३ कास्य पदक, महेन्द्र बालविकास मावि बोराङले एक स्वर्ण र दुई रजत पदक, रुद्र मावि हर्राबोटले एक स्वर्ण, एक रजत र २ कास्य पदक हात पारेको छ । त्यस्तै राइनास ग्लोबल बोर्डिङ अल्काटारले एक स्वर्ण र ५ कास्य पदक, वुद्धमिलन मावि प्यारजुङले एक स्वर्ण र तिन कास्य पदक जितेको छ भने ज्ञानोदय मावि साहिलिटारले एक रजत र २ कास्य पदक हात पारेको छ ।

Inside Article Ads

उपाधी विजेता शिशु विद्याश्रमले रनिङशिल्ड सँगै नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयले क्रमश नगद १० हजार र पाँच हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै अन्य विद्यालयलाई प्रति स्वर्ण वरवार ५ सय, प्रति रजत वरवार ३ सय र प्रति कास्य वरावर २ सयका दरले नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताका विजयी विद्यालय तथा खेलाडीलाई राइनास ६ का वडाअध्यक्ष रुकवहादुर तामाङ, राइनास नगरपालिका शिक्षा शाखा उपसचिव पूर्णवहादुर अछामी, शिक्षा शाखा प्रमुख पूर्णवहादुर नेपालीले सयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा कार्यपालिका सदस्य वेदप्रकाश भूजेल, निमर्ला चिलुवाल लगायत स्थानिय जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

चार दिन सम्म सञ्चालन भएको प्रतितियोगितामा भलिबल, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायतका १९ वटा विधाका खेल छात्रछात्रा दुवै तर्फ खेलाइको थियो ।नगरस्तरिय प्रतियोगिता अन्तर्गत प्रत्येक खेल विधामा प्रथम र द्धितिय हुने जिल्ला स्तरमा राष्ट्रपति रनिङशिल्ड हुने प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.