Fast Nepal News

महाशिवरात्रि पर्वको अवसरमा लमजुङको राइनासकोटमा लोकप्रिय ‘इन्द्रेणी’ लोकगीत विशेष कार्यक्रम सम्पन्न,

banner single news

 

लम्जुङ्ग । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको राइनासकोटमा लोकप्रिय ‘इन्द्रेणी’ लोकगीत विशेष कार्यक्रम सम्पन्न, भएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास सामुदायिक होमस्टेले पर्यटन प्रवर्द्धन तथा राइनासकाेटकाे प्रचारप्रसारको लागि यो कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले उद्घाटन गर्नु भएको थियो । जिल्ला समन्नवय प्रमुख , राइनास नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत , पुर्व नगरप्रमुख , राइनास कार्यपालिका सदस्यहरु लगायत हजारौं नगरवासीको उपस्थिति रहेको कार्यक्रममा लमजुङ, गोरखा , तनहुँ र चितवन समेतबाट सयौंको सहभागितारहेको थियो ।
स्थानिय संस्कृतिका साथै इन्द्रेणीका बरिष्ठ कलाकार मनमायां, छत्र, श्रीराम,युवराज र भुमिका सहित प्रशान्त तामाङको बेजोड प्रस्तुति र ठाडो भाका गित समेत रहेको थियो । उक्त कार्यक्रममा राइनासको पौराणिक , ऐतिहासिक खोज , अनुसन्धान , संरक्षण , राइनासकोट पुन निर्माण र होमस्टे प्रबर्धनमा प्रमुख योजनाकार एवं समन्वयकर्ता बनेर पुर्याएको योगदानको मुल्यांकन गर्दै राइनासकोट होमस्टे ब्यबस्थापन समितिले राइनासकोटको आजिवन इतिहास र साँस्कृतिक दुतका रुपमा समाजसेवी कृष्णराज ओलियालाई सम्मान
सहित जिम्मेवारी सुम्पिएको हो।

Inside Article Ads

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ मन्त्री डा.टकराज गुरुङले यस कार्यक्रमले समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुको साथै मौलिक गीत संगीत, साहित्य, कला, परम्पराको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो ।

Visited 128 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.