
पारालिम्पिक्समा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौं आईपुगेकि छन् ।
पलेशालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सहित खेल क्षेत्रमा अधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका छन् ।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकि थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
पलेशा सहित नेपाली टोलीलाई नगर परिक्रमा गराइँदै छ । राष्टिय खेल परिसरका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुहुने र्याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राष्टिय खेल परिसर, त्रिपुरेश्वर पुगेर समापन हुनेछ ।
