Fast Nepal News

दर्शकविना पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट हुँदै

banner single news

पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने भएको छ ।

पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट यही अगस्ट ३०मा हुँदैछ ।

कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य चलिरहेका कारण पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले दर्शकविना खेल गराउने निर्णय लिएको हो ।

Inside Article Ads

आउँदो वर्षको फेब्रुअरी र मार्चमा हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारी स्वरूप कराँचीमा निर्माण कार्य चलिरहेको हो । च्याम्पियन्स ट्रफी अन्तर्गत कराँचीसहित लाहोर र गद्दाफी स्टेडिममा पनि निर्माणको काम चलिरहेको छ ।

पाकिस्तान र बङ्गलादेशबीचको टेस्ट शृङ्खलाको पहिलो खेल अगस्ट २१ देखि रावलपिन्डीमा शुरू हुनेछ ।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.