Fast Nepal News

एशियन खुल्ला अन्तराष्ट्रिय ताईक्वानदो प्रतियोगीतामा नेपालको हातमा; एक रजत,एक कास्य

banner single news

चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीकसम्म आयोज़ना भएकोनेपालले एक रजत र एक कास्य पदक हात पारेको छ ।

ताईक्वानदो आईटीएफ़ नेपालका प्रशिक्षक गायजी खड़काले ब्यक्तिगत प्याट्रन तर्फ सेमीफाइनलमा मलेशियाका मो चींगमिंग संग पराजित भएका थिए भने ५८ केजी मुनि तौल समूहमा फाईनल खेलमा चिनका व्हायू संग पराजित भएका थिए ।

ताईक्वानदो आईटीएफ खेलमा नेपाल लगायत चिन, मलेशिया, रसिया, अफगानिस्तान , ऑस्ट्रेलियाका खेलाडी तथा अफिशियल सहभागी थियो भने प्रतियोगितामा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थीईन ।

Inside Article Ads

अगस्ट ८ तारीकमा अन्तर्राष्ट्रिय ताईक्वानदो महासंघका सह–महासचिव तथा सीनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

 

Visited 123 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.