Fast Nepal News

काभा महिला नेसन्स भलिबलको फाइनलमा बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

banner single news

काभा महिला नेसन्स भलिबलको फाइनलमा बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।

नेपालले सेमिफाइनलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

Inside Article Ads

समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर नेपालले खेल पाँचौं सेटमा पुगेर जितेको थियो । यो नेपालको ऐतिहासिक जित थियो । समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।

Visited 59 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.