Fast Nepal News

जारी महिला एसिया कपको सेमिफाइनलको समीकरण पुरा

banner single news

जारी महिला एसिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ।

समूह ए बाट समूह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन्।

त्यस्तै समूह बी बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बङ्गलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह बी बाट थाइल्यान्ड र मलेसिया समूह चरणबाट बाहिरिएका छन्।

Inside Article Ads

अब सेमिफाइनलमा भारत र बङ्गलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलङ्का र पाकिस्तान खेल्ने भएका छन्। सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन्। त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुनेछ।

 

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.