Fast Nepal News

महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दै

banner single news

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार बेलुका ७.१५ बजे सुरु हुनेछ।

पाकिस्तान पहिलो जितको खोजीमा नेपालसँग भिड्दैछ भने नेपाल दोस्रो जितको खोजिमा हुनेछ ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित दर्ता गरिसकेको छ ।

आइतबार हुने समूह ‘ए’ को अर्को खेलमा युएईले भारतको सामना गर्दै छ । भारत लगातार जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ भने युएई आफ्नो दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ । यी दुईबीचको खेल भने दिउँसो सवा २ बजे हुनेछ ।

Inside Article Ads

श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आठ टोली सहभागी छन् ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ ।त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.