Fast Nepal News

स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जित्न सफल

banner single news

स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ ।

बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २.१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो ।

दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरेका थिए ।

७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरेका थिए । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

Inside Article Ads

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाएका हुन् ।

स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.