Fast Nepal News

जारी कोपा अमेरिका फूटबल प्रतियोगितामा उरुग्वेले तेस्रो स्थान हासिल

banner single news

क्यानडालाई टाइब्रेकर पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वेले अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा उरुग्वेले ४–३ गोलको जीत दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो ।

अर्थ क्यारोलिनामा आइतवार बिहान भएको खेलमा रोड्रिगो बेन्टानकुरले आठौँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । तर खेलको २२ औं मिनेटमा क्यानडाका इस्माएल कोनेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ८० औं मिनेटमा क्यानडाले अग्रता लियो । जोनाथन डेविडले गोल गर्दै जीततर्फ अग्रसर गराएका थिए । तर अतिरिक्त समयमा लुइस सुवारेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेल टाइबेकरमा गएको हो । टाइब्रेकरमा क्यानडाको तेस्रो प्रहारमा कोने चुकेका थिए । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोसेटले बचाएका थिए ।

Inside Article Ads

उरुग्वेका लागि फेडेरिको भालभर्डे, बेन्टानकुर, जर्जियन डे आरासेटा र लुइस सुवारेजले गोल गरेका थिए। क्यानडाका पनि जोनाथन डेविड, मोइस बम्बिटो र म्याथ्यू चोइनेरले गोल गरेका थिए । तर तेस्रो प्रहारमा कोने र पाँचौमा अल्फोन्सो डेभिस चुक्दा टोलीले हार बेहोर्न पुगेको हो ।

उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग तथा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएका थिए ।

प्रतियोगिताको फाइनल खेल सोमवार बिहान हुँदैछ । जहाँ उपाधिका लागि साविक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् ।

 

 

 

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.