Fast Nepal News

दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशलाईको टोली

banner single news

कोशी प्रदेशको टोलीले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

बिहीबार विराटनगरस्थित पुरानो तरकारी बजार गुद्रीमा सम्पन्न उपाधि भीडन्तमा सुदूरपश्चिम प्रदेशलाई २–३ को रोमाञ्चक सेटमा हराउँदै कोशीले उपाधि हात पारेको हो।

उपाधि हात पार्ने क्रममा कोशीले पहिलो, दोस्रो र पाँचौं सेट आफ्नो पक्षमा पारेको थियो। कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौं सेटमा १५–१३ ले पराजित गरेको हो।

त्यसैगरी, कोशीले तेस्रो सेट २६–२४ र चौंथो सेटपनि २६–२४ ले आफ्नो पक्षमा पारेको थियो।

Inside Article Ads

उपाधि हात पारेसँगै कोशीले ३ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ। त्यसैगरी, दोस्रो भएको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र ट्रफी हासिल गरेको छ।

त्यसैगरी, तेस्रो स्थानमा चित्त बुझाएको मधेश प्रदेशले ७५ हजार रुपैयाँ हासिल गरेको छ।

कुल ४ प्रदेशको सहभागितामा आयोजित मुख्यमन्त्री कपको चौंथो स्थानमा रहेको बागमती प्रदेशले सान्त्वनास्वरूप ५० हजार रुपैयाँ पाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भएका छन्। त्यसैगरी, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भएकि छन्। मधेश प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भएकि छन् ।

 

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.