Fast Nepal News

नेपाल र श्रीलङ्काबीचको खेल बर्षाको कारणले शुरु हुन ढिलाइ

banner single news

आइसिसी पुरुष टी २‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले हुने नेपाल र श्रीलङ्काबीचको खेल बर्षाको कारणले शुरु हुन ढिला भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा अहिले बिहान बुधबार नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने भनिएको खेल बर्षाको कारणले टस समेत हुन सकेको छेन ।

यतिखेर रंगशालामा पानी पर्न रोकिएपनि मैदानमा तालिएको पानी सुकाउने काम भइरहेको छ ।

पानी परेपछि मैदानमा पाल बिच्छ्याइएको थियो तर पानी ठूलो परेकोले खेल हुन ढिला हुने जनाइएको छ ।

Inside Article Ads

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका छन्। त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ ।

त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका छन्।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.