
काठमाण्डौ महानगरपालिकाले ‘टी २० विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ ।
महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहल र खेलकुद मन्त्रालयको सहयोगमा आज राति हुने नेपाल र नेदरल्याण्डस्को खेल ठूलो एलईडी स्क्रिनमा निःशुल्क देखाउन लागिएको हो ।
यसैबीच, खेल शुरु हुनुअघि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल लगायतका कलाकारले साङ्गीतिक प्रस्तुति समेत दिने महानगरले जनाएको छ । यसका लागि बेलुका ५ बजेदेखि टुँडिखेलमा छिर्न पाईने व्यवस्था छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति सवा ९ बजे शुरु हुनेछ ।
