Fast Nepal News

ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२०मा नेपाल एपिएफ क्लब विजयी

banner single news

विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राउन्ड रोविन लिगको सबै खेल जितेको छ ।

यसअघिनै फाइनलमा पुगेको एपिएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो चौथो खेलमा सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको छ । जितका लागि सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले १९।४ बलमा पूरा गरेको थियो ।

एपिएफका लागि ममता चौधरीले ३२ रन बनाएका छन् । रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाएका छन् । बलिङमा सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थला, कविता जोशी, ऋतु कनोउजिया, स्नेहा महरा र विन्दु रावलले एक एक विकेट लिएका छन्।

Inside Article Ads

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ए कसय ११ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले सर्वाधिक ३६ रन बनाएका छन्।

रुबी पोडार र कविता जोशीले २९ र २९ रन बनाएका छन् । बलिङमा एपिएफका रेखा रावल र इन्दु वर्माले एक एक विकेट लिएकिछन्। जितसँगै एपिएफको चार खेलबाट आठ अङ्क पुगेको छ । पराजित सुदूरपश्चिको तीन खेलबाट चार अङ्क छ ।

 

 

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.