
१४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय खेलकुद परिषदका अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति रहने छ । ५६ स्वर्णका लागि प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडीको सहभागिता रहने छ ।
बिहीबारसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।