Fast Nepal News

ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल

banner single news

नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको छ ।

हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटाएको थियो। नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाएका छन् । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिएका छन् ।

Inside Article Ads

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड ९मिनिस्ट्री टर्फ १० मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भएको थियो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाएका छन् । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिएका छन् । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।

यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जोड्दै चौथो स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.