
नेपाल र हङकङबीचको एसीसी प्रिमियर कप क्रिकेट खेल वर्षाका कारण प्रभावित भएको छ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा नेपाल र हङकङबीचको खेल पौने १२ बजे सुरु हुने तालिका रहे पनि वर्षाको कारण टस हुन नसकेको हो।
यससँगै खेल ढिलो सुरु हुने भएको छ। नेपाल लगातार तेस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रोमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।
लगातार २ खेलमा जित हासिल गरेको नेपाल ४ अंकसहित समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा छ।
