Fast Nepal News

च्याम्पियन्स लिग फुटबलका क्वार्टरफाइनलका खेल शुरु

banner single news

आजदेखि यूईएफए च्याम्पियन्स लिग फुटबलका क्वार्टरफाइनलका खेल शुरु हुँदैछन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा आज राति पौने १ बजे जर्मन क्लब बार्यन म्युनिख र इङ्लिस क्लब आर्सलनले खेल्दैछन् । यो खेल आर्सनलको घरेलु मैदान इमिरेट्समा हुनेछ । प्रि–क्वार्टरफाइनलमा आर्सनलले पोर्टो र बार्यनले लाजियोलाई हराएर अन्तिम आठमा पुगेका छन्।

Inside Article Ads

आजै राति पौने १ बजे नै स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले खेल्दैछन् । यो खेल रियल मड्रिडको मैदान सान्टियागो बर्नबेउमा हुनेछ । रियलले आरबी लाइपजिग र सिटीले एफसी कोपनहेगनलाई हराएर अन्तिम आठमा पुगेका छन्।

 

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.