Fast Nepal News

चितवनमा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदै

banner single news

आज आइतबारदेखि चितवनको भरतपुरमा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदै छ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्‌को आयोजनामा भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता हुने भएको हो।

आयोजकका अनुसार उक्त प्रतियोगिता अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ।

Inside Article Ads

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ काँस्य पदको व्यवस्था गरिएको छ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ। प्रतियोगिताको समापन वैशाख १ गते हेटौँडाको गौरीटार रंगशालामा गरिने आयोजकले जानकारी दिएको छ।

पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुनेछन्।
पुरुष फुटबल भने हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ।

 

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.