Fast Nepal News

आयरल्याण् ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालको उत्कृष्ट शुरूआत

banner single news

त्रिवि क्रिकेट मैदानमा टस  जितेर पहिले बलिङ रोजेको नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा उत्कृष्ट शुरूआत गरेको छ ।
नेपालले शुरूआतमै चार विकेट हात पारेको छ ।

सातौ ओभरको खेल चलिरहँदा नेपालले आयरल्याण्डका महत्वपूर्ण चार ब्याटरलाई आउट गरेको हो । नेपालका शाहब आलमले दुई विकेट लिए भने रिजन ढकालले एक विकेट लिएका छन् । आयरल्याण्डका एक ब्याटर रन आउट भएका छन् । आयरल्याण्ड २५ रन बनाएर नेपाली बलरविरुद्ध संघर्ष गरिरहेको छ ।

Inside Article Ads

शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा सक्रिय भएको थियो ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.