Fast Nepal News

दोस्रो अभ्यास खेलः क्यानडा-११ ले ४ विकेट गुमायो, नेपालको मध्यम फिल्डिङ्ग

banner single news

काठमाडौं, ८ फागुन । एकदिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपाल–ए ले चौथो सफलता हासिल गरेको छ। टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा क्यानडा–११ ले ब्याटिङ्ग गर्दै हालसम्म ४ विकेटको क्षतिमा २४ ओभरको खेल सकिँदा ११५ रन बनाएको छ।

Inside Article Ads

क्यानडा–११ का लागि हाल मैदानमा श्रेयस मोभा र नवनित धलिवाल ब्याटिङ गरिरहेका छन्। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल–ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.