Fast Nepal News

खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको छु -प्रधानमन्त्री प्रचण्ड

आफ्नै पहल र नेतृत्वमामा मन्त्रिपरिषद् बैठकको निर्णयबाट  मूलपानी तल्लो मैदान , मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको बताउदैँ प्रचण्डले रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्ने सरकार प्रतिबद्ध रहेको र नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो भएको समेत धारणा सार्वजनिक गर्नुभएको छ।

banner single news

२७ पुष,काठमाडौँ — नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभएको छ।

Inside Article Ads

खेलले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाएको भन्दै देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएको प्रचण्डको धारणा छ । आफ्नै पहल र नेतृत्वमामा मन्त्रिपरिषद् बैठकको निर्णयबाट  मूलपानी तल्लो मैदान , मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको बताउदैँ प्रचण्डले रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्ने सरकार प्रतिबद्ध रहेको र नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो भएको समेत धारणा सार्वजनिक गर्नुभएको छ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.