Fast Nepal News

नेपालको लगातार दोस्रो हार

banner single news

२५ मंसिर,काठमाडौँ — अर्जुन कुमालले ९१ रन बनाए पनि नेपाल आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७३ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ ।

यूएईमा भइरहेको प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो । नेपालले अब मंगलबार भारतविरुद्ध खेल्ने छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदान २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अलआउट भयो । जबाफमा आएको नेपालबाट ओपनिङ ब्याटर अर्जुनले उत्कृष्ट इनिङ्स खेले पनि अन्यबाट गतिलो साथ नपाउदा नेपाल दोस्रो खेलमा पनि पराजित हुन पुग्यो । नेपालको इनिङ्स ४०.१ ओभरमा १ सय ८८ रनमा समेटियो ।

Inside Article Ads

अर्जुनको इनिङ्स यू–१९ एसिया कप क्रिकेट इतिहासमा नेपाली ब्याटरको उच्च स्कोर हो । दीपेन्द्रसिंह ऐरीले २०१६ मा श्रीलंकाविरुद्ध कोलम्बोमा बनाएको ९० रन नेपाली ब्याटरको यू–१९ एसिया कपमा यसअघिको उच्च स्कोर हो ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.