Fast Nepal News

बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता हुँदै

banner single news

१८ मंसिर,काठमाडौँ-यहि मिति २०८० मंसिर २४ गते आईतवार बागमती प्रदेश स्तरीय JKF गोजु काइ केन्बुकान कराते प्रतियोगिता हुने भएको छ प्रतियोगितामा बगमती प्रदेशका १३ जिल्ला मध्य ९ जिल्लाबाट छनोट भएका महिला पुरुष गरी १४० जना खेलाडीहरु सहभागी हुने आयोजक काठमाडौ जिल्ला ब्ल्याक बेल्ट समितिले बताएको छ।

केन्द्रिय महासचिव यम कुमारी अस्मिता गुरुङका अनुसार यस किसिमको प्रतियोगिताहरुले खेलाडीहरुमा थप मानसिक, शारिरिक र स्वास्थ मजबुत साथै वृद्धि हुने जानकारी गराउदै अग्रिम शुभकामना दिनु भएको छ।

Inside Article Ads

कार्यक्रम संयोजक सुनमाया सृजना तामाङले भन्नु भयो अब यो प्रतियोगिता लगत्तै यहि बर्षकै फल्गुणमा करिब ५०० जना खेलाडी सहभागी हुनेगरी ३ दिने राष्ट्रब्यापी प्रतियोगिताको तयारी पनि हुदै गरेको जानकारी दिनु भएको छ। स्वायम्भु स्थित द एक्सल पब्लिक स्कुलमा हुने यस प्रतियोगितालाई साथ दिदैं प्रीन्सिपल बासुदेब घिमिरेले यस किसिमको प्रतियोगिता यस स्कुलमा हुन पाउदा धेरै नै खुसी व्यक्त गर्नु भएको कुरा आयोजक टिमले बताएका छन |

Visited 82 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.