
१८ भदौ,काठमाडौँ-सांसद ज्ञानबहादुर शाहीले नेपाल सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई दिने भनेर घोषणा गरेको पुरस्कार रकम नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय माग गर्दै सांसद शाहीले नेपाल नामेविया र स्कटल्याण्ड सम्मिलित खेलमा विजेता बन्दा तीन लाख, नेपाल, यूएई र पपुवान्यूगिनीबीचको खेलमा विजेता बन्दा तीन लाख, प्रधानमन्त्रीले राष्ट्रका तर्फबाट घोाषणा गरेको दुई लाख, एसीसी कप जित्दा जनही ६ लाखलगायतका विभिन्न खेलमा विजेता बन्दा घोषणा गरेको जनही कूल १४ लाख पुरस्कार दिने घोषणा गरेपनि हालसम्म उक्त पुरस्कार रकम खेलाडिले पुरस्कार रकम नपाएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले खेलाडीको पीडा संसद्बाटै कवितामार्फत ध्यानाकर्षण गरेका हुन् ।
