Fast Nepal News

आइसीसी महिला टी- २० विश्वकप छनोटमा नेपालको तेस्रो जित

नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो । अव नेपालले भोलि कतारसँग र बुधबार युएइसँग खेल्नेछ ।

banner single news

१७ भदौ,काठमाडौँ- मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोटको तेस्रो खेलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भुटानलाइ तीन विकेटले हराउदै नेपालले प्रतियोगीतामा लगातार तेस्रो जित निकालेको हो ।

युकेएम वाइएसडी क्रिकेट मैदानमा टस हारेर ब्याटीङ गरेको भुटानले नेपाललाइ ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । भुटान निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमा समेटियो ।

नेपालका लागि बलिङमा पुजा महतोले ३ विकेट लिइन् । ४० रनको समान्य लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा ७ विकेटको क्षतिमा पाएको लक्ष्य पुरा गर्‍यो । कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । यो जित सगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ ।

Inside Article Ads

नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो । अव नेपालले भोलि कतारसँग र बुधबार युएइसँग खेल्नेछ ।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.