Fast Nepal News

बहराइनलाई १० विकेटले नेपालले गर्यो पराजित

मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमैनेपाली महिला राष्ट्रिय टिम अगाडी

banner single news

१५ भदौ,काठमाडौँ-नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।

नेपालकी कविता कुवँर र सीता राना मगरले क्रमशस् १७ र २ रन बनाएका थिए । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघि खेलमा टस जितेर ब्याटिङ गरेको बहराइनले १५।४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएको थियो ।त्यसमा रसनगिका हेराथले ११ रन बनाइन् र उनी नै दोहोरो अंक छुने एक मात्र ब्याटर रहिन् ।

Inside Article Ads

खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.