Fast Nepal News

उपाधिनजिक नेपाल

banner single news

१९ बैशाख,काठमाडौँ -सोमबार त्रिवि क्रिकेट मैदानमा युएईलाई १०६/९ को कमजोर अवस्थामा राखेको नेपाल एसिसी प्रिमियर कपको उपाधिनजिक छ । वर्षाका कारण फाइनलको पहिलो इनिङ्स २७.३ ओभरबाट अगाडि जान सकेन । मंगलबार ‘रिजर्भ डे’मा युएईले यही अवस्थाबाट खेल्नेछ । ह्याट्रिकनजिक रहेका नेपालका ललित राजवंशीले बलिङ गर्नेछन् ।

युएईको अन्तिम एक विकेट लिँदा नेपालले सहज लक्ष्य प्राप्त गर्न सक्छ । सोमबार वर्षाका कारण खेल रोकिनुअघि ललितले लगातार बलमा विकेट लिएका थिए । प्रतियोगिताको विजेतालाई सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा प्रतिस्पर्धा गर्ने अवसर छ । एसिसी प्रिमियर कपको विजेताले सीधै एकदिवसीय फम्र्याट र टी–२० विश्वकपका पूर्वविजेता भारत र पाकिस्तानसँग खेल्नेछ ।

युएई र नेपालबीच चलिरहेको उपाधि भिडन्तको रिजर्भ डेमा फेरि वर्षाले खेल बिथोलिदिन सक्छ । यदि, नेपालले लक्ष्य पछ्याउँदा झरीले प्रभावित पारे डिएलएस नियमअनुसार नयाँ लक्ष्य पाउनेछ । तर, यसका लागि नेपालले २० ओभरको खेल खेल्नुपर्छ । डिएलएस नियम लागू भएन भने उपाधिको छिनोफानो सम्भवतः सुपर ओभरबाट हुन सक्छ । सुपर ओभरमा समेत खेल गएन भने आइसिसीको एकदिवसीय वरीयताअनुसार विजेता घोषणा हुनेछ । यस्तो अवस्थामा नेपाल युएईभन्दा वरीयतामा माथि छ । आइसिसी एकदिवसीय वरीयतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन् ।

Inside Article Ads

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.