Fast Nepal News

लिभरपुलसँग चेल्सीको बराबरी

banner single news

२२ चैत,लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा मंगलबार गोलरहित नीरस बराबरी खेलेको छ । स्टायनफोर्ड ब्रिजमा भएको यो खेलमा दुवै क्लबले उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् ।

व्यवस्थापक ग्राहम पोटरलाई बर्खास्त गरेयता चेल्सीको जिम्मेवारी ब्रुनो साल्टरले सम्हालेका छन् । योर्गन क्लोपले भने म्यानचेस्टर सिटीविरुद्ध बेहोरेको हारको खेलबाट ६ खेलाडी परिवर्तन गर्दै उनले टिम मैदानमा उतारेका थिए ।

रेलिगेसनबाट बच्न संघर्षरत दुई टिमबीचको खेलमा लिड्सले नटिङ्घम फरेस्टलाई २–१ ले हरायो । यस्तै एस्टन भिल्लाले व्यवस्थापकविहीन अर्को क्लब लेस्टर सिटीलाई २–१ ले पराजित गर्‍यो ।

Inside Article Ads

ब्राइटन भने बर्नमाउथमाथि २–० ले विजयी रह्यो । बर्नमाउथ, लेस्टर र साउथह्याम्पटन अंक तालिकाको अन्तिम तीन स्थानमा छन् ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.