Fast Nepal News

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने भयाे

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ।

banner single news

०३ कार्तिक, काठमाडौँ-दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको छ । कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको हाे ।
बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। तर कुन महिना गर्ने विषयमा अहिले टुंगो लागेको छैन।

बैठकमा एघारौं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजना गर्नका लागि पनि प्रस्ताव आएको एक बोर्ड सदस्यले बताए।मधेश प्रदेशसँगै सुदूरपश्चिम, बागमती प्रदेशले पनि एघारौं आयोजना गर्न दाबी गरेका छन्।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.