Fast Nepal News

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलै विजयी

banner single news

गुल्मी ─ ३० जेठ २०७९

गुल्मी, जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजयी भएको छ । प्रमुख गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्णबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् । कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् । नेकपा एमालेकातर्फबाट प्रमुख पदका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतले नै जितेका छन् ।

Inside Article Ads

२ नगरपालिका १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा सदस्यमा महेश्वर भण्डारी, शेर बहादुर विक, सुनिता जिसी कुवँर,शेर बहादुर कुँवर, सावित्रा भण्डारी, विर बहादुर कार्की र निरमाया राना विजयी भएका छन् । सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत ल्याएका छन् । जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । अर्थात समन्वयमा गठबन्धनको तर्फबाट काँग्रेसले प्रमुख सहित चार, माओवादीले उप–प्रमुख सहित तीन र समाजवादी र जनमोर्चाका एक, एक सदस्य रहेका छन् । कुल २४ मत खसेको थियो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.